PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

अन्तिम समयमा सम्हालिन नसक्दा साउथह्याम्टनसँग बराबरीमा रोकियो चेल्सी



पहिलोपोस्ट

अन्तिम समयमा सम्हालिन नसक्दा साउथह्याम्टनसँग बराबरीमा रोकियो चेल्सी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी साउथ ह्याम्टनसँग बराबरीमा रोकिएको छ। स्टाफोर्ड ब्रिजमा भएको खेलमा अन्तिम समयमा अग्रता जोगाउन नसक्दा घरेलु टोली साउथ ह्याम्टनसँग ३-३ को बराबरीमा चित्त बुझाउन बाध्य भयो।

टिमो वेर्नरको गोलमा चेल्सीले खेलको १५ औं मिनेटमै अग्रता बनाएको थियो खेलको २८ औं मिनेटमा वेर्नरकै गोलमा चेल्सीले अग्रता दोब्बर बनायो।

उता साउथ ह्याम्टनका लागि ड्यानी इङ्सले ४३ औं मिनेटमा गोल फर्काए। पहिलो हाफमा २-१ ले अघि रहेको चेल्सीसँग ५७ औं मिनेटमा साउथ ह्याम्टनका चे एडम्सले गोल गर्दै गर्दै खेल बराबरीमा ल्याए। तर त्यसको दुई मिनेट भित्रै चेल्सीले खेलमा अग्रता बनायो। यसपटक चेल्सीका लागि काइ हाभर्ट्जले गोल गरे। तर खेलको अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीले बराबरीमा चित्त बुझाउनु पर्‍यो। खेलको अतिरिक्त समयमा साउथ ह्यम्टनका जनिक भेस्टर गार्डले गोल गर्दा खेल बराबरीमा टुंगियो।

योसँगै अंक तालिकामा चेल्सी ८ अंकसहित छैटौं स्थानमा छ भने साउथ ह्याम्टन १० औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell