PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

रियल मड्रिड र बार्सिलोना दुवैको हार



पहिलोपोस्ट

रियल मड्रिड र बार्सिलोना दुवैको हार

स्पेनिस ला ला लिगा अन्तर्गत गएराति भएका खेलमा सदाबहार उपाधि दाबेदार मानिने बार्सिलोना र रियल मड्रिड दुवै पराजित भएका छन्।

गएरातिको खेलमा रियल मड्रिड क्याडिजसँग पराजित पराजित भयो। स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा घरेलु टोली क्याडिजसँग पराजित भएको हो। क्याडिजको जितमा एन्थोनी लोजानोले १६ औं मिनेटमा निर्णायक गोल गरे।

त्यस्तै, आज राति भएको अर्को खेलमा बार्सिलोना गेटाफेसँग स्तब्ध भयो। कोलिसेयम अल्फोन्सो स्टेडियममा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग १-० ले पराजित भएको हो। गेटाफेको जितमा जयमी माटाले ५६ औं मिनेटमा निर्णायक गोल गरे। उनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।

हारका बाबजुद ५ खेल खेलेको रियल मड्रिड १० अंकसहित अंक तालिको शीर्ष स्थानमा छ। ४ खेल खेलेको बार्सिलोना भने ७ अंकसहित नवौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell