काठमाडौं : नविन बैंकका कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोभिड १९ पोजेटिभ पुष्टि भएको छ।
सीइओ शाहले फेसबुक मार्फत् आफुलाई कोभिड १९ भएको जानकारी दिएका छन्। पहिलो पटक गत बुधवार आफूले गन्ध थाहा नपाएर परीक्षण गर्दा नेगेटिभ आएको थियो। उनी त्यसपछि आइसोलेसनमा नै रहेका थिए किनकि उनमा कोभिड १९ का संकेतहरु थिए। फेरि चिकित्सको सल्लाह अनुसार शनिवार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो। उनी बुधवारबाट नै होम आइसोलेसनमा बसेको जानकरी दिएका छन्।
उनले आफ्नो अवस्था सामान्य भएको पनि बताएका छन्।
On Wednesday the 14th I lost my sense of smell and did a PCR test that came negative. But because I has lost my sense of...
Posted by Anil Keshary Shah on Saturday, October 17, 2020
