PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कोरोनाले लियो ४२ वर्षे पुरुषको ज्यान



रासस

कोरोनाले लियो ४२ वर्षे पुरुषको ज्यान
फाइल फोटो

बाँके : बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ। उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना सङ्क्रमण भएर बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको श्रेष्ठले बताए। उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि गत असोज २७ गते भेरी अस्पतालमा पठाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell