PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

दसैं भत्ता नलिने व्यवस्था गर्न माग गर्दै रावलले भने : मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ



पहिलोपोस्ट

 दसैं भत्ता नलिने व्यवस्था गर्न माग गर्दै रावलले भने : मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्।

रावलले आइतवार ट्वीट गर्दै आफ्नो खातामा रकम आएको जानकारी पाएको र उक्त रकम कट्टी गर्न मञ्जुरी रहको समेत बताएका छन्। सांसदहरुले भत्ता लिन नहुने भन्नेमा समर्थन पनि जनाएका छन्।

'खातामा भत्ताको रकम राखिएको थाहा पाइयो। हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस्,' उनले भनेका छन्, 'सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।

उनले दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्ने समेत उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell