PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कैलालीमा गस्तीमा खटिएका प्रहरीको हत्या, अर्का एक प्रहरी बेपत्ता



एम बम

कैलालीमा गस्तीमा खटिएका प्रहरीको हत्या, अर्का एक प्रहरी बेपत्ता

कैलाली : कैलालीमा गस्तीमा खटिएका एक प्रहरीको हत्या भएको छ।

नेपाल भारत सीमामा रहेको मोहना नदीमा ती प्रहरीको शवसमेत फेला परेको छ।  खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएको हो।

कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत बिटका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद शनिवार रातिदेखि वेपत्ता भएका थिए।

'दुईजना मध्ये एकको हो शव। नदीबाट निकाल्ने काम भइरहेको छ,' सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने।

प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरीक्षक (डीआइजी) उत्तम सुवेदीसहितको प्रहरीको टोली घटनास्थल पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell