PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

युरोपमा पुन: कोरोना कहर, संक्रमण नियन्त्रणका लागि कुन देशमा कस्तो निर्देशन?



पहिलोपोस्ट

युरोपमा पुन: कोरोना कहर, संक्रमण नियन्त्रणका लागि कुन देशमा कस्तो निर्देशन?
Reuters

युरोपमा कोरोना भाइरस संक्रमणको त्रास पुन: एक पटक बढेको छ। जसका लागि विभिन्न देशहरूले संक्रमण नियन्त्रणका लागि नयाँ रणनीतिहरू अपनाएका छन्। शनिवार रातीदेखि फ्रान्सको पेरिससहित ८ शहरमा कर्फ्यू जारी भएको छ।

अन्य देशहरूले पनि सार्वजनिक ठाउँहरूमा भिड कम गर्नका लागि फरक निर्देशनहरू दिएका छन्।

बीबीसीमा जनाइए अनुसार पोल्यान्डमा विहीवारदेखि नै राजधानी वार्ससहित संक्रमण बढी भएका ‘रेड जोन’हरूमा स्कूल र जिम बन्द छन्।

संक्रमणको पहिलो चरणमा सर्वाधिक प्रभावित इटालीमा पनि दुई साताका लागि स्कूलहरू बन्द छन्।

जर्मनीमा संक्रमणको जोखिम भएको ठाउँहरूमा बार र रेस्टुरेन्ट रात पर्नुअघि नै बन्द गर्न भनिएको छ।

पोर्चुगलमा विहीवारदेखि सरकारले पाँच जनाभन्दा बढीको भेला प्रतिबन्ध लगाएको छ। वैवाहिक र धार्मिक समारोह ५० जनामा सीमित गर्नु पर्ने भएको छ। त्यहाँ विश्वविद्यालका मानिस सहभागी हुन पाउँदैनन्।

स्पेनिस क्षेत्रका रेस्टुरेन्टहरूमा ‘टेकअवे’लाई मात्र अनुमति दिइएको छ। जिम र सांस्कृतिक केन्द्रहरू ५० प्रतिशत मानिसको उपस्थितिमा खुल्न पाउँछन्। त्यस्तै पसल र ठूला सपिङ सेन्टरहरूमा ३० प्रतिशत मात्र अकुपेन्सी हुनु पर्नेछ।

नेदरल्यान्ड्समा सबै बार, रेस्टुरेन्ट र कफी पसलहरू १४ अक्टोबरदेखि बन्द छन्। त्यहाँ पनि टेकअवे मात्र हुन्छ। घरमा हरेक दिन ३ जना मात्र पाहुना रहन अनुमति दिइएको छ।

रसियाको मस्कोमा चहलपहल कम गरिएको छ। त्यहाँ सोमवारदेखि १३ देखि १८ वर्षसम्माका विदयार्थीलाई स्कूल बन्द रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell