PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

२४ घण्टामा २९४२ जनामा कोभिड-१९ को संक्रमण, संक्रमित मध्ये ५७ प्रतिशत बढी उपत्यकाका



पहिलोपोस्ट

२४ घण्टामा २९४२ जनामा कोभिड-१९ को संक्रमण, संक्रमित मध्ये ५७ प्रतिशत बढी उपत्यकाका

काठमाडौं:  २४ घण्टामा २ हजार ९४२ जनालाई कोभिड-१९ पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकामध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेको छन्।

काठमाडौं उपत्यकामा मात्रै १ हजार ६९८ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। जुन कुल संक्रमितको ५७.७१ प्रतिशत हो। जसमध्ये काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३०  र भक्तपुरमा  ९९ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतवार १४ हजार ८ सय ७५ लाई पीसीआर गरिएको थियो। पछिल्लो २४ घण्टामा औषतमा ५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म सक्रिय संक्रमित संख्या ३९ हजार ३ सय ४१ छ। जम्मा संक्रमित संख्या १ लाख ३२ हजार २ सय ४ ४६ रहेको गौतमले बताए।

२ हजार ३ सय २६ जना आज डिस्चार्ज भएसँगै नेपालमा संक्रमण ठिक हुनेको संख्या ९२ हजार १ सय ६६ रहेको छ। आइतवार १२ जनाको संक्रमबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७३९ छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell