PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

मोरङमा आजबाट निषेधाज्ञाः साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म हिंड्डुल गर्न समेत रोक



पहिलोपोस्ट

मोरङमा आजबाट निषेधाज्ञाः साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म हिंड्डुल गर्न समेत रोक

मोरङः आजबाट मोरङ निषेधाज्ञा लागू गरिएको छ। दशैंको चहलपहल बढेसँगै पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुन्। त्यस्तै झापा र सुनसरीमा भने एकदिनअघिबाट नै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेका हुन्।

प्रदेश १ को सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा आजदेखि कार्तिक १५ गते राती १२:०० बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ। चाडपर्व र परम्पराका नाममा गरिने पूजापाठ र बली कार्यमा संलग्न हुँदा हुने भीडभाडलाई रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए। मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका निषेधाज्ञा लागू हुनेछ।

'अहिले गरिएको निषेधाज्ञा भनेको पुजा पाठ बली चढाउने कार्य रोक्नु हो। दशैंको समयमा शक्तिपीठमा बलीदिनेहरुको भीडभाड हुन्छ’ उनले भने ‘त्यतिमात्र होइन शुभकामना आदानप्रदान भन्दै राजनीतिक विभिन्न संगठनका नाममा गरिने ठूलाठूला कार्याक्रमलाई पनि रोकिएको हो’।

त्यसै गरी साँझ ८ बजेदेखि विहान ५ बजेसम्म राजमार्गमा चल्ने बाहेक लामो दुरीका बाहेक अन्य आवात जावतमा रोक लगाइएको छ। सो समय पसल, होटेलदेखि मानिसको आवत जावत समेत बन्द गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell