PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

हिमाली च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा, खाद्यले नल्याएपछि विकल्प यहीँ

हिमाली च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा, खाद्यले नल्याएपछि विकल्प यहीँ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भक्तपुर सल्लाघारीमा अहिले बिहानैदेखि मानिसको चहलपहल देखिन्छ। कारण एउटै हो- च्याङग्रा तथा खसीबोका किन्न। तर पहिलेका दशैंमा झैं मानिस मानिसको भिड छैन। कोभिड १९ संक्रमणका कारण मानिसहरु कमै किन्न पुगेका छन्।

बिक्रिमा सबैभन्दा धेरै च्याङ्ग्रा नै देखिन्छ। हिमाली जिल्लाहरुबाट च्याङग्रा बिक्रीको लागि ल्याएइको छ। त्यस्तै पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, झापा लगायत जिल्लाबाट खसीहरु बिक्रीमा राखिएको छ। यसपटको दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा बिक्री नगर्ने भएपछि काठमाडौं उपत्यकाका मानिसहरुको च्याङग्रको लागि पहिलो रोजाइ यही बनेको छ।

यहाँ अहिले खसी तथा बोका जिउँदो ६ सय देखि ७ सय रुपैयाँ र च्याङ्ग्रा एक हजार रुपैयाँमा बिक्री भइरहेको छ। खसी बोका तथा च्याङग्रा किन्न पुगेका ग्राहकहरुले फोटो समेत खिचाइरहेको दृष्य देख्न सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell