PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेर एक युवकले गरे आत्महत्या



पहिलोपोस्ट

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेर एक युवकले गरे आत्महत्या
प्रतिकात्मक तस्वीर

काठमाडौं : सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज ( केएममी) अस्पतालबाट एक जनाले हाम फालेर आत्महत्या गरेका छन्।

आज बिहान करिब ८ बजेर ४० मिनेटमा अस्पतालको तेस्रो तलाबाट खसेर २६ वर्षीय युवक रोशन खड्काको मृत्यु भएको हो।

'आज बिहानको घटना हो। अहिले मृत्यु भएको जानकारी आइसकेको छ,' महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र कुमार बस्नेतले भने।

सोलुखुम्बु घर भएका खड्का परिवार काठमाडौंको बानेश्वरमा डेरा गरी बस्दै आएको छ। आइतवार साँझ शरीरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी मानसिक रोगी भएको प्रहरीको अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell