PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

दशैं भत्ता फिर्ता गर्दै प्रकाशमानले भने : भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले सांसदलाई बद्नाम गर्ने दुराशय राख्यो



पहिलोपोस्ट

दशैं भत्ता फिर्ता गर्दै प्रकाशमानले भने : भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले सांसदलाई बद्नाम गर्ने दुराशय राख्यो

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले दशैं भत्ता फिर्ता गरेका छन्। कोभिड महामारीका बेला भत्ता लिएको भन्दै सांसदहरुको आलोचना भइरहेका बेला प्रकाशमानले पनि फिर्ता गर्ने जानकारी गराएका हुन्।

सोमबार विज्ञप्ति जारी गर्दै नेता सिंहले भत्ता फिर्ता पार्टीका सबै सांसदलाई आग्रहसमेत गरेका छन्।

एकातिर जनतालाई पीसीआर परिक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको उनको भनाई छ।

'आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ,' उनले विज्ञप्तिमा भनेका छन्।

महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्नेमा उनको जोड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell