PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

आईपीएलमा सट्टेबाजी गर्ने तीन जना समातिए



पहिलोपोस्ट

आईपीएलमा सट्टेबाजी गर्ने तीन जना समातिए

काठमाडौंः इण्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले आइतवार राति विराटनगर महानगरपालिका वडा नम्बर १६ भट्टीमोड ३७ वर्षीय पुरुषोत्तम साहको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। साह सहित प्रहरीले ३५ वर्षीय मन्जित साह र  २८ वर्षीय अपजर अलीलाई नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट प्रहरीले २८ हजार रुपैयाँ समेत बरामद गरेको जानकारी दिएको छ। नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ।

दुवई, सारजहा, अवुधावीमा आईपीएल खेल जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell