PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओडारबाट निस्केर गरिबी निवारणको सफल नेतृत्व गर्दै राष्ट्रपति सी, कसरी पाउँदैछ चीनले सफलता?



पहिलोपोस्ट

ओडारबाट निस्केर गरिबी निवारणको सफल नेतृत्व गर्दै राष्ट्रपति सी, कसरी पाउँदैछ चीनले सफलता?

चीन यतिबेला गरिबी निवारणको अन्तिम युद्धमा जुटिरहेको छ। शनिवार विश्वले २८ ‍औं अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउँदै गर्दा चीनले सातौं राष्ट्रिय गरिबी राहत दिवस मनायो।

गरिवी निवारणको यो अभियान चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी जिनफिङको प्रत्यक्ष नेतृत्वमा अगाडि बढिरहेको छ। चिनियाँ नेतृत्वले सन २०२० लाई गरिबी निवारणको समय सीमा तोकेर अगाडि बढिरहेको छ

गत मार्चमा नै गरिबी निवारणको घोषणा गरेको चीनले कोभिड-१९ महामारीका कारण त्यो सम्भव भने भएन। मार्चमा राष्ट्रपति सीले एउटा टेलिभिजन सम्बोधन गर्दै गरिबी निवारणको अभियानलाई वर्षको अन्त्यसम्म पूरा गर्ने घोषणा गरेका थिए।

बाँकी रहेका ५० लाख बढी जनसंख्यालाई कोभिड-१९ को आकास्मिक रुकावटका बाबजुद वर्षको अन्त्यसम्म गरिबीबाट मुक्त गर्ने उनले घोषणा गरे।

गत सेप्टेम्बरमा उनले फेरि निर्धारित समयमा नै लक्ष्य पूरा गर्ने घोषणा गरेका थिए। राष्ट्रसंघको ७५ औं महासभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै चीन दिगो विकास लक्ष्य एजेन्डा २०३० को दश वर्ष अगाडि नै लक्ष्य हासिल गर्ने घोषणा गरे।

उनको गरिबी निवारण सम्बन्धी पछिल्लो सम्बोधन शनिवारमात्रै भयो। उनले सम्बोधनका क्रममा पूर्ण रुपमा गरिबी निवारण नगर्दासम्म नरोकिने बताए।

'वर्ष २०२० सबै पक्षहरुमा समृद्ध समाज निर्माण र गरिबी निवारणको निर्णायक वर्ष हुने छ,' उनले भनेका थिए, 'नचिताएको कोभिड-१९ को चुनौतीको समाना गर्दा गर्दै बाढी पहिरोले पनि हामीलाई क्षति पुर्‍यायो। यति हुँदा हुँदै पनि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी निर्धारित समयमा नै गरिबी निवारणको लक्ष्य हासिल गर्ने दृढ छ।'

राष्ट्रपतिसँगै गरिबी विरुद्धको युद्धका कमान्डर इन चिफ

सन् २०१३ मा हुनान प्रान्तको ग्रामिण बस्तीमा किसानहरुसँग कुरा गर्दै सी।

हजारौं वर्षसम्म गरिबीले चीनलाई थिलोथिलो बनायो। सन् १९४८ मा जनगणतन्त्र चीनको निर्माण र सन् १९७८ मा खुला बजार नीतिसँगै गरिबी निवारण विरुद्धको युद्ध अगाडि बढायो चीनले। त्यसयता ७० करोड ग्रामिण जनसंख्यालाई गरिबीबाट माथि उठाएको छ।

गरिबी निवारणको यो युद्धमा सीले ऐतिहासिक जिम्मेवारी निर्वाह गरे। सन् २०१२ मा पहिलो पटक चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएसँगै उनले यसको नेतृत्व गर्दै आएका थिए। उनी सत्तामा आउँदै गर्दा चीनमा करिब ९ करोड ९० लाख जनसंख्या गरिबीको रेखामुनि थियो। जसको प्रतिव्यक्ति वार्षिक आय १३ सय युयान अर्थात् प्रति दिन १ डलरमात्र थियो।

गरिबी निवारणको लक्ष्य निर्धारित समयमा नै पूरा गर्नका लागि चीनले प्रतिवर्ष एक करोड जनसंख्यालाई गरिबीबाट माथि उकास्नु थियो। प्रति महिला १० लाख अथवा प्रति मिनेट २० जनालाई गरिबीबाट मुक्त गर्नुपर्ने थियो।

पार्टीको नेतृत्व लिएको एक महिना लगत्तै ठन्डीको समयमा सीले हवेई प्रान्तको गरिब गाउँको भ्रमण गरे। उनीहरुसँगै बास बसे। उनीहरु आयको बारेमा सोधे। खान पुग्छ या पुग्दैन्। जाडो छल्न प्राप्त मात्रामा न्याना कपडा तथा कोइलाको प्रबन्धबारे बुझे।

हेवेईको ग्रामिण बस्तीबाट नै आफ्नो राजनीतिक करियरको सुरुवात गरेका सीले पार्टी तथा देशको नेतृत्वको सुरुवात पनि ग्रामिण बस्तीको समस्या बुझ्दै सुरु गरे

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएसँगै हवेईको ग्रामिण बस्तीमा पुगेका राष्ट्रपति सी। फोटो सिन्ह्वा

त्यसको एक वर्षपछि हुनान प्रान्तको अल्पसंख्यक गरिब बस्तीमा पुगे। उनले त्यहीँबाट गरिबी निवारणको योजना बनाए। 'गरिबी निवारण सावधानीपूर्वक गरिने कढाई जस्तो हुनुपर्छ। न कि हेन्ड ग्रिनेटले उपियाँ मारेजस्तो,' सीले भनेका थिए।

उनले देशभरका हरेक गरिब जनता तथा उनीहरुलाई गरिब बनाउने कारणहरु पहिचान गर्दै हरेक घरधुरी अथवा ब्यक्तिहरुलाई गरिबी निवारणको राहत प्रदान गर्न थाले। जसले उनीहरुलाई सानो व्यवसाय सञ्चालनमा सहयोग पुर्‍यायो। उनीहरुलाई हिमाली क्षेत्रबाट बाहिर ल्याइयो र शहरमा कामका लागि तालिमहरु प्रदान गरियो। यसरी सहयोग पुर्‍याइएकाहरुलाई ट्र्याक गर्नका लागि प्रणालीको विकास गरियो।

सीले गरिबी निवारण कार्यक्रमलाई चिनियाँ कम्युनिस्ट पार्टीको एकीकृत नेतृत्वमा ९ करोड सदस्यहरु मार्फत् अगाडि बढाए। हरेक तहका पार्टी प्रमुखले निश्चित रुपमा आधारभूत जिम्मेवारी दिइयो। २९ लाख शहरी क्षेत्रका कर्मचारीहरुलाई गरिबी निवारणको अग्रपंक्तिमा रहेर काम गर्नका लागि गाउँ पठाइयो।

गरिबी निवारणमा शिक्षाको महत्त्वलाई ध्यानमा दिइयो। त्यस्तै बस्ती स्तानान्तरण गर्नेसम्मका काम भए।

सी आफै पनि गरिबीसँग अनजान होइनन्। किशोर अवस्था हुँदै युवा अवस्थासम्म गरिबीसँग जुधेका नेता हुन्। सात वर्षसम्म उनले आफ्ना आमाबुबासँगै ओढार जस्तो घरमा माटोले बनाइएको खाटमा उडुसै उडुस भएका बिस्तारामा धेरै रात बिताए।

चिनियाँ कम्युनिस्ट पार्टीको तल्लो स्तरको कार्यकर्ता हुँदै पार्टीको महासचिवसम्म भएका उनले कुनै बेला भनेका थिए- 'मेरो सबैभन्दा ठूलो सपना भनेको हेरेक गाउँलेको प्लेटमा मासु होस् र यसलाई सम्भव बनाउँ।'

पार्टीको नेतृत्व गर्दै गर्दा उनले अधिकांश समय गरिबी निवारणमा ध्यान दिइरहे। 'गरिबी निवारण, जनताको जीवनस्तर र सबैका लागि साझा समृद्धि हासिल गर्नु नै समाजवादको आधारभूत आवश्यकता हो र सीपीसीको महत्त्वपूर्ण लक्ष्य हो,' उनले भन्दै आएका छन्- 'गरिबी समाजवाद होइन।'

२०१८ मा सिचुवान प्रान्तको सान्ह गाउँको एक घरमा सी। 

सी आफैँ गरिबी विरुद्धको यो लडाइमा कुटो कोदालो लिएर कैयौं पटक किसानहरु माझ पुगेका छन्। गरिब बस्तीका झुपडीमा पुगेका छन्। आफ्नो कार्यकालको ८ वर्षमा उनले करिब ८० वटा यस्ता भ्रमण गरेका छन् जहाँ उनी गरिबहरुका झुपडीमा पुगेका छन्। 'कोही पनि नछुटुन' भन्दै आएका सीले पार्टी नेतृत्व समालेको चार वर्षभित्र चीनका सबै १४ वटा गरिब क्षेत्रहरुको भ्रमण गरे।

'देशको महान नेताले आफ्ना जनतालाई एउटा बुबाले छोरोलाई गरे जस्तो माया गर्छ। एउटा ठूलो दाइले सानो भाइ बहिनीलाई माया गरे जस्तो माया गर्छ। उसलाई आफ्ना जनताको दु:ख कस्ट सुन्दा दुख्छ,' सीले भन्दै आएका थिए।

हेवेईको त्यही फुजीनबाट उनले गरिबी निवारणको पहिलो काम सुरुवात गरे जहाँ सन् १९९७ उनी पार्टीको उपप्रमुख थिए। त्यतिबेला पनि उनले त्यहाँ जनताको समस्या समाधानमा धेरै काम गरेका थिए। उनले त्यहाँ पानीको समस्या समाधान तथा सिँचाईँकोँ समस्या समाधानका लागि पहल गरे।

गत मार्चको भेलामा उनले भनेका थिए- 'अहिले म गाउँ पुग्दा महत्त्वपूर्ण परिवर्तनहरु देख्ने गरेको छु। मानिसहरुको मुहारमा मुस्कान देख्छु र म खुशी हुन्छु।'

२०१३ यताको सात वर्षमा ९८.९९ मिलियन गरिब जनसंख्या रहेको चीनमा अहिले यो घटेर ५.५ मिलियनमा पुगेको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सेप्टेम्बरमा राष्ट्र संघीय महासभामा भनेका थिए- चीनले गरिबी निवारणमा पछिल्लो दशक महान उपलब्धिहरु हासिल गरेको छ। यसले विश्वमा गरिबी निवारणमा उल्लेख्य योगदान पुर्‍याएको छ।  

सन् २०१६ मा गरिब जनसंख्याको प्रतिव्यक्ति वार्षिक आय चार हजार १२४ युआनबाट बढेर २०१९ मा ९ हजार ५७ पुगेको छ। जुन ३० प्रतिशतले बृद्धि हो।

अहिले हरेको गाउँमा हिमाली गोरेटोहरु ६ मिटरका पक्की सडकमा परिणत भएका छन्। हरेक घरमा स्वच्छ पानी उपलब्ध छ। हिमाली क्षेत्रमा हाइकिङ ट्रेलहरु बनेका छन्। पोस्ट अफिस र एटीमहरु राखिएका छन्। सामुदायिक पुस्तकालयहरु उल्लेख्य रुपमा बनेका छन्।

गरिबी विरुद्धको यो लडाइमा चीनले जित हासिल गर्न लाग्दा राष्ट्रपति सी अझै पनि सन्तुष्ट छैनन्। उनले जनतालाई सम्बोधन गर्छन्- 'गरिबीबाट मुक्त हुनु नै हाम्रो अन्तिम विन्दु होइन्। तर यो त नयाँ जीवनको सुरुवात हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell