PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

गोकर्ण विष्टले पनि फिर्ता गरे दशैं भत्ता, जनताको उपचार र राहतमा प्रयोग गर्न सुझाव



पहिलोपोस्ट

गोकर्ण विष्टले पनि फिर्ता गरे दशैं भत्ता, जनताको उपचार र राहतमा प्रयोग गर्न सुझाव

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दशैं भत्ता फिर्ता गरेका छन्।

कोभिड महामारीका बेला सांसदहरुले दशैं भत्ता लिएको भनेर चौतर्फी आलोचना भइरहेका बेला सांसद विष्टले संघीय संसद सचिवालयमा चेकमार्फत फिर्ता गरेको जानकारी दिएका छन्।

उनले दशैं खर्चका नाममा दिन लागिएको सुविधा वापतको रकम थोरै भए पनि सर्वसाधारण जनताको उपचार र राहतमा सहयोग गर्न पनि सुझाव दिएका छन्।

नेता विष्टले आम नागरिकले चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिँदै गएको अवस्थामा सांसदको हैसियतमा दशैं खर्चको नाममा सुविधा लिने कुरा सामाजिक न्यायको हिसाबले उपयुक्त नहुने पनि उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell