PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

फिल्म छायाँकन गर्न काठमाडौंबाट हेलिकप्टरमार्फत् कालिञ्चोक



पहिलोपोस्ट

फिल्म छायाँकन गर्न काठमाडौंबाट हेलिकप्टरमार्फत् कालिञ्चोक

काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण ठप्प फिल्म क्षेत्रका कार्यहरू बिस्तारै सुरु हुन थालेका छन्। आइतवार फिल्म ‘चोर र पुलिस’ युनिट छायाँकनका लागि फ्लोरमा निस्कियो। कालिञ्चोकमा छायाँकन शुभारम्भ भएको हो। जसका लागि फिल्म युनिट काठमाडौंबाट हेलिकप्टर लिएर त्यहाँ पुग्यो।  

आरएल लामाको निर्देशन रहने फिल्ममा अभिनेत्री कविता राय, निर्देशक लामा स्वयंको मुख्य अभिनय रहने छ। पहिलो दिन गीत ‘कुन देश कि परी..’ खिचियो।

दोलखा बाहेक सिन्धुपाल्चोकसँग जोडिएका मुडे, चरिकोटल, कुलेखानी, हेटौंडा, पोखरा र काठमाडौंलगायतका स्थानमा फिल्मको छायाँकन हुनेछ।

फिल्ममा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य, कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ।

निर्देशक लामाकै लेखन रहेको फिल्ममा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिनको, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किरतीको द्धोन्द र रामेस्वर हुमागाईंको छायाँकन रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell