PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

तपाईँको मोबाइल तथा सामाजिक सञ्जालमा कर्फ्यु लाग्ने भन्ने जानकारी आएको छ? गृह मन्त्रालय भन्छ : नपत्याउनुस्



पहिलोपोस्ट

तपाईँको मोबाइल तथा सामाजिक सञ्जालमा कर्फ्यु लाग्ने भन्ने जानकारी आएको छ? गृह मन्त्रालय भन्छ : नपत्याउनुस्

काठमाडौं : विभिन्न सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमहरुमा कर्फ्यु लाग्ने भन्दै आएको सूचना गतल र तथ्यहीन भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

सुरक्षा संवेदनशीलतलाई जोडेर कर्फ्यु लगाइने भन्ने हल्ला भएपछि गृह मन्त्रालय सोमवार सुचना जारी गर्दै यस्ता हल्लाहरु निराधार, गलत भएको जानकारी दिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जारी गरिएको सुचनामा भनिएको छ, 'उक्त सुचना तथ्यहीन, भ्रामक, निराधार  र गतल भएको व्यवहोरा सम्बन्धित सबैको लागि सुचित गरिन्छ।'

गृह मन्त्रालयले यस्ता गलत सुचना फैलाउनेहरुको खोजी तथा आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको समेत जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell