PahiloPost

Oct 26, 2025 | १० कात्तिक २०८२

नेपाली कांग्रेसले सांसदहरुको दशैं भत्ता फिर्ता गर्ने, संसद सचिवालयमा पठाइयो पत्र



पहिलोपोस्ट

नेपाली कांग्रेसले सांसदहरुको दशैं भत्ता फिर्ता गर्ने, संसद सचिवालयमा पठाइयो पत्र

काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरुको दशैं भत्ता कोरोना रोकथाम तथा उपचारमा खर्च गर्न संसद सचिवालयमा पत्र पठाएको छ। कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा भत्ता पठाइदिन कांग्रेसका तर्फबाट पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ।

नेपाली कांग्रेस संसदीय दलले भत्ता नलिने निर्णय गरेको हो। सचिवालयले बिहीवार नै सांसदहरुलाई दशैंको भत्ता वापतको रकम बैंक खतामा पठाएको थियो। महामारीका बेला सांसदहरुलाई भत्ता दिएको भन्दै आलोचना भएपछि सांसदहरुले धमाधम फिर्ता गरेका थिए।

कांग्रेसले पनि सांसदहरुको भत्ता फिर्ता गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सांसदहरुको भत्ता कोरोना उपचार तथा रोकथाममा पठाउन कांग्रेसले पत्र पठाएको हो। सांसदहरुको तलव सुविधा सम्बन्धी ऐनमा दशैं भत्ताको ब्यवस्था छैन। गत वर्षको दशैंमा सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर सांसदहरुलाई भत्ताको ब्यवस्था गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell