PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कांग्रेसले भन्यो : सांसद विकास कोष र दशैं भत्ता खारेज गरेर कोरोना परीक्षण र उपचार निशुल्क गर



पहिलोपोस्ट

कांग्रेसले भन्यो : सांसद विकास कोष र दशैं भत्ता खारेज गरेर कोरोना परीक्षण र उपचार निशुल्क गर

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षण र उपचार निशुल्क गर्न सरकारसँग माग गरेको छ। सांसद विकास कोष र दशैं भत्ता खारेज गरेर पनि जनतालाई निशुल्क स्वास्थ्य सेवा दिनुपर्ने कांग्रेसको माग छ।

'सांसद विकास कोष, दशैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य थियो। कर्तव्य आत्मसात गरेर कार्य गर्न चेतावनी दिँदै नेपाली कांग्रेस कोरोना परीक्षण र उपचार निशुल्क रुपमा गरेर महामारीबाट जनतालाई जोगाउन विश्ष संवेदनशीलताका लागि प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ,' प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमवार जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेको वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई कांग्रेसले अत्यन्तै गैह्र जिम्मेवार व्यवहारका रुपमा लिएको उल्लेख छ।

सरकारले न्यायालय, मिडिया, प्रतिपक्ष कसैको कुरा नसुनेको भन्दै विज्ञप्तिमा संक्रमक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भनिएको छ। उपचारको दायित्वबाट पन्छिए देशमा सरकार छ भन्ने बचेखुचेको भ्रमको अन्त्य हुने कांग्रेसले टिप्पणी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell