PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

नेकपाका सांसदले पनि फिर्ता गरे दशैं भत्ता, कोरोना उपचार कोषमा जम्मा गर्ने संसदीय दलको निर्णय



पहिलोपोस्ट

नेकपाका सांसदले पनि फिर्ता गरे दशैं भत्ता, कोरोना उपचार कोषमा जम्मा गर्ने संसदीय दलको निर्णय

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि आफ्ना सांसदको दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको छ। नेकपा संसदीय दलले दुबै सदनका सदस्यहरुको भत्ता फिर्ता गर्ने निर्णय गरेको हो। 

भत्ताको रकम कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नेगरि फिर्ता गर्न लागिएको हो। 

यसअघि नेपाली कांग्रेसले पनि सांसदको दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो। 

सचिवालयले बिहीबार नै सांसदहरुलाई दशैंको भत्ता वापतको रकम बैंक खतामा पठाएको थियो। महामारीका बेला सांसदहरुलाई भत्ता दिएको भन्दै आलोचना भएपछि सांसदहरुले धमाधम फिर्ता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell