PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

२४ घण्टामा थप ३७९० जना संक्रमित पहिचान, उपत्यकामा मात्रै ६३ प्रतिशत



पहिलोपोस्ट

२४ घण्टामा थप ३७९० जना संक्रमित पहिचान, उपत्यकामा मात्रै ६३ प्रतिशत

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार ७९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरकार प्रयोगशालामा भएको १५ हजार ७१४ नमुना परीक्षणका क्रममा प्रति ४.१४ जनामा एक जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा एक लाख ३६ हजार ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र दुई हजार ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। जुन पछिल्लो २४ घण्टामा पहिचान भएका कुल संक्रमितको ६३ प्रतिशत हो।

जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई हजार ८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना संक्रमित पहिचान भएको गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना कोभिड-१९ संक्रमितको पुष्टि मन्त्रालयले गरेको छ। योसँगै नेपालमा ७५७ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जना संक्रमितहरु संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा ९४ हजार ५०१ जना संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ।

हाल संक्रमित मध्ये ४० हजार ७७८ जना सक्रिय संक्रमित रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell