PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना संक्रमितको उपचारबारे स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण: पैसा हुनेसँग लिने र नभएकालाई दिने नीति अनुसार उपचार हुन्छ



पहिलोपोस्ट

कोरोना संक्रमितको उपचारबारे स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण: पैसा हुनेसँग लिने र नभएकालाई दिने नीति अनुसार उपचार हुन्छ

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपले विपन्न, अशक्त तथा कोरोना नियन्त्रणको अग्रपंक्तिमा खटिएकाको मात्रै उपचार खर्च बेहोर्ने अडान दोहोर्‍याएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको प्रेस ब्रिफिङमा शनिबारको अडानबारे स्पष्ट पार्दै सबै कोरोना संक्रमिको उपचार सरकारले नबोहोर्ने बताए। सरकार जिम्मेवारीबाट पन्छिएको भन्दै चर्को आलोचना भइरहेका बेला गौतमले अडान दोहोर्‍याएका हुन्।

उनले उपचार खर्च तिर्न सक्नेलाई आफैँ तिर्न आग्रह गरे। उनले भएकासँग लिने र नभएकालाई दिने नीति अनुसार उपचार हुने बताए।

'जसले खर्च गर्न सक्छ त्यस्तो व्यक्तिहरुले सघाइदिए सरकारले आर्थिक रुपले विपन्नको उपचार गर्छ। पैसा भएकासँग लिने र नभएकालाई दिने नीति अपनाउछ,' उनले भने। 

गौतमले सरकारले हालसम्म १२ लाखभन्दा बढीको परीक्षण र १ लाखभन्दा बढीको उपचार गरेको दाबी गरे। उनले शव व्यवस्थापन आफैँ गर्नुपर्ने भन्ने झुटो भएको बताए। उनले आइतबारको आफ्नो भनाईलाई स्पष्ट पार्दै परिवारले आफैँ शव व्यवस्थापन गर्न अनुरोध गरे मात्रै व्यवस्थापन गर्न दिइने बताए। उनले शव व्यवस्थापन फेरि पनि सेनाले नै गर्ने दाबी गरे

'शव व्यवस्थापन घरमै बसेकाको अभिव्यक्त भनाइप्रति थप प्रष्ट पार्न चाहन्छ। धेरै समुदाय र संघ संस्थाबाट आफ्नो परम्पराले गर्न पाउनुपर्ने भन्ने विषय उठेकाले। दाहसंस्कार गर्ने ब्यक्तिले मास्क पञ्जा लगाएर गर्न सक्छ भनिएको हो,' उनले भने।

नेपालमा संक्रमण भित्रएको सुरुको दिनमा सरकारले आफैँले परीक्षणदेखि उपचार खर्च बेहोरिरहेको थियो। तर हाल भने परीक्षणका लागि २ हजार तिर्नुपर्ने ब्यवस्था छ भने आइतबारदेखि उपचार खर्च पनि संक्रमित आफैँले तिर्नुपर्ने सरकारले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell