PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

कोरोना संक्रमणका कारण नवलपरासीकी एक महिलाको चितवनमा मृत्यु



पहिलोपोस्ट

कोरोना संक्रमणका कारण नवलपरासीकी एक महिलाको चितवनमा मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण नवलपरासी (सुस्ता पूर्व)की एक महिलाको मृत्यु भएको छ। कोरोनाका कारण देवचुली वडा नम्बर ११ निवासी ७५ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा सोमवार मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताएका छन्।

उनी असोज २७ गते श्वासप्रश्वासमा समस्या तथा ज्वरो, घाँटी दुख्ने र खोकीको समस्या देखिएपछि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन्। उनमा असोज ३० गते कोरोना पुष्टि भएको थियो।

डा लम्सालका अनुसार उनमा दमको दीर्घ रोग रहेको थियो। अस्पतालको कोभिड आइसीयू कक्षमा उपचारको क्रममा सोमवार दिउँसो २:३० बजे उनको मृत्यु भएको डा लम्सालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell