PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सभामुखकाे दशैं भत्ता काेराेना कोषमा



पहिलोपोस्ट

सभामुखकाे दशैं भत्ता काेराेना कोषमा

काठमाडौं : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। उनले आइतबार विज्ञप्ति जारी गर्दै आफूलाई प्राप्त भएको चाडपर्व खर्च कोराना कोषमा जम्मा गर्ने व्यवस्था मिलाएको जानकारी दिएका हुन्।

उनले सांसदहरुले पाउने दशैं खर्चका विषयमा सत्तापक्षी र प्रतिपक्षी दलले गरेको निर्णयप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले सरकारले उपल्बध गराउँदै आएको सुबिधा कोरोना संकटलाई मध्यनजर गरी फिर्ता गरेको भन्दै यसले कोरोना नियन्त्रण अभियानमा सहयोग पुग्ने बताएका छन्।

चौतर्फी विरोधपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने  र प्रतिपक्षी दल नेपाली कांग्रेसले रकम फिर्ता गर्ने निर्णय गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell