PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

हत्या गरिएको अवस्थामा फेला परेका असई गोविन्द विकको अन्त्येष्टि



एम बम

हत्या गरिएको अवस्थामा फेला परेका असई गोविन्द विकको अन्त्येष्टि

कैलाली : कैलालीको धनगढीमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक गोविन्द विकको अन्त्येष्टि गरिएको छ। धनगढी-१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका इन्चार्ज समेत रहेका विकको सोमवार शोक सलामीसहित कञ्चनपुरमा अन्त्येष्टि गरिएको हो।

कञ्चनपुरको दोदा नदीको कीर्तिपुर घाटमा उनको उच्च सम्मानसहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। अन्त्येष्टि अगाडि विकको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले झन्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

उनको आइतवार बिहान धनगढीको वडा नम्बर १० मा पर्ने नेपाल-भारत सीमास्थित मोहना नदीमा वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

शनिवार साँझ उनीसँगै नियमित गस्तीमा खटिएका प्रहरी जवान रामसिंह साउदको अवस्था भने अझै अज्ञात छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell