PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बाराबाट हुन्डीको १२ लाख रुपैयाँ बरामद, रकम बोक्ने व्यक्ति फरार



राधेश्याम पटेल

बाराबाट हुन्डीको १२ लाख रुपैयाँ बरामद, रकम बोक्ने व्यक्ति फरार

वीरगंज : बारा प्रहरीले अबैध हुन्डीको १२ लाख ३४ हजार रुपैयाँ बरामद गरेको छ। सोमवार बिहान साढे १० बजे सिम्रौनगढ-९ कचोर्वास्थित नेपालभारत सीमा क्षेत्रबाट १२ लाख ३४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।

प्रहरी चौकी कचोर्वाको टोलीले झोला लिएर आइरहेका एक अपरिचत पैदल यात्रीलाई चेक गर्ने क्रममा सो रकम बरामद गरेको हो। प्रहरीलाई देख्नेबितिकै ती व्यक्ति झोला फालेर भागेको र सोही झोलाबाट उक्त रकम बरामद गरेको जनाएको छ।

झोलामा १ हजारको नोट ८ सय ४२ थान, ५ सयको ७०२ थान, एक सयको ३५९ थान, ५० को ११२ थान, २० को ४ थान, १० को १ थान र ५ को १ थान गरी कुल १२ लाख ३४ हजार ५९५ रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी गराए। अवैध हुन्डीको रकम राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell