PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

बेल्वाको सार्वजनिक जग्गा वडाध्यक्षले व्यक्तिको नाममा सिफारिस गरेको आरोप



राधेश्याम पटेल

बेल्वाको सार्वजनिक जग्गा वडाध्यक्षले व्यक्तिको नाममा सिफारिस गरेको आरोप

वीरगंज : वीरगंज महानगरपालिका वडा ३१ का अध्यक्ष चुमन दास चौधरीले आफनो पदको दूरुपयोग गरिरहेका आरोप स्थानीयले लगाएका छन्।

बेल्वाको सार्वजनिक सरोकारको विषयमा कानुन विपरित कार्य गरेर चौधरी आर्थिक स्वार्थमा लिप्त हुँदै गएको गाउँलेको आरोप छ।

वडाध्यक्ष चौधरीले साबिक बेल्वा गाविस वडा नं १ किता नं ७८ को १ कठा १ धुरा जग्गा क्षेत्रफल भएको सार्वजनिक ईनारको जग्गा आर्थिक प्रलोभनमा परी स्थानीय प्रयाग राउत अहिरको व्यक्तिगत भोगचलन कायम गर्न सिफारिस गरेको स्थानीय बताउँछन्। उनले असार २४ गते जग्गा भोगचलनका लागि सिफारिस गरिसकेका छन्।

सिफारिस पाएपछि प्रयाग राउतले नयाँ पूर्जा बनाउन मालापोत र नापी कार्यालय धाइरहेका छन्।

वडाध्यक्षले गाउँका महतो धानुक,बासुदेव राउत अहिर,प्रमोदकुमार साह,सरविन्द दहित थारु र रामानन्द महतो धानुकको रोहबरमा जलसाजी गरी मुचुल्का बनाइ भुमि सुधार तथा मालापोत कार्यालयको नाममा सिफारिस गरेका छन्।

त्यसपछि बेल्वा १ का पूर्व वडा अध्यक्ष लालबहादुर महतो,सुरेन्द्र यादव,अजय साहसमेतले वीरगंज महानगरको वडा नं ३१ को कार्यालय ,पर्सा जिल्ला अदालतमा जग्गा खिचौला र जलसाजीको मुद्दा दर्ता गराएका थिए।

उच्च अदालत जनकपुरका न्यायाधीश द्वय अब्दुलअजिज मुसलमान र रमेशराज पोखरेलको संयुक्त ईजलासले इनारको सो जग्गामा कुनै निर्माणको काम नगर्न गराउन परमादेश जारी गरी कार्तिक १३ गतेको लागि पेशी राखेको छ।

यता,सिफारिस गराउने प्रयासमा रहेका प्रयाग राउत पक्षधरले भने सो जग्गा राउतकै पुस्तैनी जग्गा रहेको दावी गरेका छन्। उनीहरुले सो जग्गा राउत परिवारले वर्षोदेखि भोगचलन गर्दै आएको दाबी समेत गरेका छन्।

वडाध्यक्ष चौधरीले पूर्जा बनाउन नभइ भोगचलन गर्न मात्र सिफारिस गरेको बताए।

भने,‘५० वर्षदेखि प्रयाग राउत अहिरले सो जग्गा भोगचलन गर्दै आएका थिए। उनको भोगचलनको आधारमा स्थानीय भद्रभलादमीको सरजमिन मुचुल्काको अधारमा ईनार छोडेर भोगचलन गर्न सिफारिस गरेको हो। त्यसबाट लालपूर्जा बन्दैन।’

वडाध्यक्षको नाम यसअघि पनि नेरा अधारभूत विद्यालय बेल्वा प्रसौनीमा शिक्षक नियुक्ती अनियमितता प्रकरणमा पनि नाम जोडिएको थियो। करिब ६ लाख घुस लिएर शिक्षक नियुक्त गर्ने प्रकृया अघि बढिरहदाँ अख्तियार दूरपयोग अनुसन्धान आयोगको टोलीले विद्यालयका प्रधानाध्यापक सचिन कापर, विद्यालयका शिक्षक मनिरदेवान, विद्यालय व्यवस्थापन समितिका सदस्य ईलियास अन्सारी, जमिल अन्सारी र नियुक्ती हुने शिक्षक उमेश महतो गरी ५ जनालाई १ लाख घुससहित एक वर्ष अघि वीरगंज लिंकरोड स्थित शिवा अस्पतालको एक चिया पसलबाट पक्राउ गरेको थियो।

एक लाख धरौटीमा ५ जना रिहा भएका थिए। मुद्दा अहिले चलिरहेको छ। प्रधानाध्यापक र शिक्षक निलम्बित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell