PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रदेश १ सरकारलाई यूएनडीपीद्वारा स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण



पहिलोपोस्ट

प्रदेश १ सरकारलाई यूएनडीपीद्वारा स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण

विराटनगर : प्रदेश १ सरकारलाई यूएनडीपीले स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरेको छ।

सोमवार यूएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको हो। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आइसोलेसन केन्द्रका लागि स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो।

यूएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका समाग्री हस्तान्तरण गरेको छ।

स्वास्थ्य समाग्री सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई यूएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुख धनवहादुर चन्दले हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य समाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विराटनगरस्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताए। कोभिड अस्पतालमा थप बेड विस्तारसहित  १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको पनि उनले बताए।

विराटनगर महानगरपालिकाले निजीस्तरको सहयोगमा अक्सिजन सहित एकसय बेडको अस्पताल सञ्चालनको तयारी गरिरहेको महानगरपालिकाका नगरप्रमुख भीम पराजुलीले बताए।

यूएनडीपीबाट प्राप्त सामाग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell