PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गए : मन्त्री घिमिरे



पहिलोपोस्ट

प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गए : मन्त्री घिमिरे

विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताए। उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे।

प्रदेश १ सामाजिक विकास मन्त्रालयद्वारा सोमवार आयोजित नेपाली भाषा चुनौति र समाधान विषयक अनलाइन कार्यक्रममा मन्त्री घिमिरेले उक्त भनाइ राखेका हुन्। प्राविधिक र विश्वव्यापीकरणका कारण भाषिक चुनौति थपिएको उनले बताए।

‘कतिपय शब्दलाई स्वीकार्नु पर्ने अवस्था पनि छ’ भन्दै उनले अंग्रेजीबाट सिकेको कुरा मात्र सहि हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्नेमा उनले जोड दिए।

‘सिकाई कुनैपनि भाषा र माध्यमबाट हुन सकेपनि अंग्रजी नै सबै कुरा होईन’, मन्त्री घिमिरेले भने, ‘सिकाईका कुनैपनि माध्यमहरु हुन सक्छन् भन्ने बोध समाजलाई गराउनुपर्ने अवस्था आएको छ।’

नेपाली भाषाबाट काम गर्न सक्ने क्षेत्रहरुको पहिचान गरेर सच्याउन ध्यान दिनुपर्ने मन्त्री घिमिरेले बताए।

कार्यक्रममा प्राडा टंकप्रसाद न्यौपाने र डा रमेश घिमिरेले नेपाली भाषा चुनौति र समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका विज्ञहरुले टिप्पणी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell