PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

दशैंमा सीडीओ र जिल्ला प्रहरी प्रमुखले जिल्ला छोडेर जान नपाउने



पहिलोपोस्ट

दशैंमा सीडीओ र जिल्ला प्रहरी प्रमुखले जिल्ला छोडेर जान नपाउने

काठमाडौं : दशैंको समयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला छोड्न नपाउने भएका छन्।

गृह मन्त्रालयले सोमवार उनीहरुलाई जिल्ला नछोड्न भन्दै पत्राचार गरेको छ। नजिकिँदै गरेको बडा दशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्नसक्ने भन्दै जोखिम नियन्त्रणका लागि समन्वयात्मक उपायहरू अवलम्बन गर्न निर्देशन दिएको हो।

त्यस्तै, गृहले कोरोना संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो।

अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेलाजम्मा तथा भोजभतेर नगर्न, यस वर्षको चाड जो जहाँ छ त्यहीँ बसेर मनाउन तथा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्न/गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई गृहले निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell