PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गाडीको सिटमुनि १६ लाख रुपैयाँ बराबरको सुन!



पहिलोपोस्ट

गाडीको सिटमुनि १६ लाख रुपैयाँ बराबरको सुन!

काठमाडौं : सशस्त्र प्रहरीले धनुषामा २ सय ग्रास सुन सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट टोलीले करीब १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षीय रामचन्द्र साह छन्। बा १० च ३५६८ नम्बरको भ्यानमा सवार साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले चेक गर्दा गाडीको सिटमुनि २ सय ग्राम सुन फेला परेको हो।

पक्राउ परेका साहलाई बरामद सुन तथा भ्यानसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell