PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

सुनसान दक्षिणकाली, न भक्तको भिड, न बलिको लाइन

सुनसान दक्षिणकाली, न भक्तको भिड, न बलिको लाइन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : यसपाला दशैंमा अनौठा दृष्य देखिइरहेका छन् जुन यसअघि कहिल्यै देखिएको थिएन। नौरथा सुरु भएसँगै शक्ति पीठहरुमा मानिसको ताँती लाग्थ्यो। तर, यसपाला सबैतिर सुनसान छ।

शनिवार र मंगलवार अरुबेला पनि भिड लाग्ने गर्थ्यो दक्षिणकालीमा। बिहान ४ बजेदेखि नै मानिसहरु लाम बस्न पुग्ने गर्थे यहाँ। नौरथामा घन्टौ लाम लागेपछिमात्रै मानिसहरु मन्दिर परिसरभित्र पुग्थे। तर, यसपाला मन्दिरमा नियमित पूजा बाहेक मानिसहरुको चहलपहल छैन।

कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै सरकारले मन्दिरहरुमा भिडभाड हुन रोक लगाएको छ। स्थानीय निकाय पनि सम्भावित जोखिमबाट बच्नका लागि मन्दिरहरुमा भिड गराउन नहुने निर्णयमा पुगेका छन्। त्यसको असर परेको हो सबैजसो शक्ति पीठहरुमा। 

दक्षिणकालीमा बलि दिने प्रचलन पनि छ। तर, यसपाला यहाँ भाकलको बलि दिन जानेहरु छैनन्। सबैलाई त्रास छ, कोरोनाको। त्यसैले मन्दिर पनि सुनसान बन्न पुगेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell