PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

१२ जुवाडे समातिदा १४ हजार रुपैयाँ बरामद



पहिलोपोस्ट

१२ जुवाडे समातिदा १४ हजार रुपैयाँ बरामद

काठमाडौः प्रहरीले तास खेलिरहेको अबस्थामा १२ जनालाई पक्राउ गरेको छ।

सोमबार राति मोरङ रतुवमाई नगरपालिका वडा नम्वर ७ जामबाडीबाट १२ जनलाई नियन्त्रणमा लिएकव हो। इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले पोखरीको डिलमा रहेको टहरोमा तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा रतुमाई नगरपालिकाका गोपाल कटुवाल, गणेश कार्की,दिनेश बस्नेत, नरेन्द्र रिजाल,गणेश गौतम, नन्दराज फुयाल,फणिन्द्र बुढाथोकी, झंकराज कोइराला, रामभक्त भट्टराई, सन्तोष रिजाल, राम कार्की र मनोज उप्रेति रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले चौधहजार २ सय रुपैयाँ समेत बरामत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell