PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

लिड्समाथि वुल्भसको संघर्षपूर्ण जित



पहिलोपोस्ट

लिड्समाथि वुल्भसको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिड्स युनाइटेड प्रतिस्पर्धी वुल्भ्ससँग पराजित भएको छ। इलाण्ड रोड स्टेडियममा भएको खेलमा घरेलु टोली वुल्भ्ससँग १-० ले पराजित भएको हो।

वुल्भसको जितमा रहुल जिमेनेजले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले ७० औं मिनेटमा म्याक्स किलम्यानको पासमा गोल गरेका थिए। लिड्सले सबै प्रतियोगितामा गरी १२ खेलपछि पहिलो पटक घरेलु मैदानमा पराजय ब्यहोरेको हो।

जितसँगै ५ खेल खेलेको वुल्भस ९ अंकसहित तालिकाको छैठौं स्थानमा उक्लिएको छ। अर्कातर्फ समान ५ खेल नै खेलेको लिड्स युनाइटेड ७ अंकसहित तालिकाको १० औं स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell