PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कन्ट्याक्ट ट्रेसिङमा सूर्यविनायक नगरपालिकाको सक्रियता, जोखिम घटाउन यसरी चलेको छ सक्रियता

कन्ट्याक्ट ट्रेसिङमा सूर्यविनायक नगरपालिकाको सक्रियता, जोखिम घटाउन यसरी चलेको छ सक्रियता

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमण स्थानीयस्तरमा नै फैलिसकेको छ। संक्रमण फैलिएपछि विभिन्न स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङको कामलाई अघि बढाएका छन्। तर अझै परीक्षणको दायरा बढ्न सकिरहेको छैन।

यता भक्तपुरको सूर्यविनायक नगरपालिकाले पनि संक्रमितहरुको क्लोज कन्ट्याक्टमा आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्यलाई तिव्रता दिएको छ। भक्तपुरमा संक्रमितको संख्यामा दिनहुँ वृद्धि भइरहेपछि कार्यपालिकाबाट नै कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णय गरिएको हो।

सोमवार सूर्यविनायक नगरपालिका वडा ४ मा करिब ३०० जनाको स्वाब संकलन गरियो। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईँका अनुसार अस्पतालसम्म जाने बेलामा नै संक्रमण फैलिने सम्भावना देखिएपछि नगर कै विभिन्न स्थानमा स्वाब संकलन गर्ने कार्य संचालन गरिएको हो।

उनका अनुसार हालसम्म नगरका करिब ८० स्थानबाट स्वाब संकलन भइसकेको छ। ती स्थानबाट करिब ५ हजार जनाको स्वाब संकलन गरिएको टेकुस्थित इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा पठाउने गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell