काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ सय ६६ जनाको थ्रोट स्वाब परीक्षण गर्दा ३ सय २५ जनामा पोजेटिभ देखिएको छ।
पछिल्लो समय समुदायस्तरमा नै कोरोना भाइरसको संक्रमण फैलिसकेको देखिन्छ। परीक्षण अनुपात र संक्रमित संख्याका आधारमा समुदायस्तरमा कोभिड १९ फैलिसकेको भए पनि सरकारले भने यसबारे मुख खोलेको छैन।
परीक्षण भएकामध्ये ४ सय १७ जनामा नेगेटिभ देखिएको छ। साथै कोभिड संक्रमितको परीक्षण गर्दा २४ जना पोजेटिभ यथावत रहेको पनि देखिएको छ।
प्रतिष्ठानको कोभिड अस्पतालमा अहिलेसम्म ९ सय ५४ जना भर्ना भएर उपचार गराएका छन्। तीमध्ये ८ सय २ जना ठीक भएर डिस्चार्ज भइसकेका छन्। उनीहरु सबै रिपोर्ट नेगेटिभ देखिएपछि फर्किएका हुन्। त्यस्तै अस्पतालमा ज्यान गुमाउने संक्रमितको संख्या ६६ पुगेको छ।
