PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रुपन्देहीमा थप एक जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा थप एक जना संक्रमितको मृत्यु

काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। बुटवल उप-महानगरपालिका ११ का ४१ वर्षकी एक महिलाको मंगलवार बिहान ५:१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

सोमवार कोभिड-१९ संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पतालमा सघन उपचार कक्षमा भर्ना भएकी उनमा ज्वरो, मधुमेह र स्वासप्रश्वासमा देखिएको अस्पतालले जनाएको छ। योसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ४९ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell