PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुई जनाको चितवनमा संक्रमणकै बीच गयो ज्यान



रासस

दुई जनाको चितवनमा संक्रमणकै बीच गयो ज्यान
फाइल फोटो

चितवन : पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ। निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ। गत असोज १७ गते सर्पले डसेको शङ्का लागेर अस्पताल भर्ना गरिएकोमा उनको १८ असोजमा कोरोना पोजेटिभ देखिएको थियो। स्वासप्रस्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell