PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सरकारी निर्णय गैरजिम्मवार पूर्ण भएको पूर्व प्रम नेपालको आरोप



पहिलोपोस्ट

सरकारी निर्णय गैरजिम्मवार पूर्ण भएको पूर्व प्रम नेपालको आरोप

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारसँग गैर जिम्मेवारपूर्ण निर्णय फिर्ता लिन माग गरेका छन्। 

आम मानिसमा आतंक फैलाउने गरी कोभिड १९ को नि:शुल्क उपचार बन्द गरेको भन्दै उनले सरकारको आलोचना गरेका हुन्। 

मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफै गर्नका लागि निर्देशिकाजारी गरेको कुरा प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,' नेता नेपालले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, 'सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन्।'

नेता नेपालले सङ्कटका बेलामा राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा यस्तो निर्णय हुनुलाई अनुचित ठहर्याभएका छन् । 'यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनु पर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन,' नेता नेपालले भनेका छन्। 

उनले गरिबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय भएको बताएका छन्। 

'संक्रामक रोग सम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतङ्क सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैर जिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु,' नेता नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell