PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'एक'बाट 'दुई' बनेका जुम्ल्याह दिदी बहिनी फर्किए घर



पहिलोपोस्ट

'एक'बाट 'दुई' बनेका जुम्ल्याह दिदी बहिनी फर्किए घर

टाउकोको पछिल्लो भाग जोडिएर जन्मिएका जुम्ल्याह दिदी बहिनी 'एक'बाट 'दुई' भएर घर फर्किएका छन्। उनीहरूको गत वर्ष फेब्रुअरीमा ग्रेट ओर्मोन्ड स्ट्रिट अस्‍पताल, लण्डनमा शल्यक्रिया भएको थियो। एक वर्षपछि उनीहरू पाकिस्‍तानस्थित घर फर्किएका हुन्।

जुम्ल्याहा दिदी बहिनी सफा र मर्वाको तीनवटा ठूला शल्यक्रिया भए। उनीहरूले कुल ५० घण्टाभन्दा बढी अपरेशन थिएटरमा बिताए।  उनीहरूकी आमा जाइनाब बिबीले बीबीसीसँग आफ्ना छोरीहरू पुन: घर आउनुले निकै खुशी दिएको सुनाइन्। भनिन्,'उनीहरू ठीक हुँदैछन्। मर्वाको स्वास्थ्यमा धेरै सुधार छ। उनलाई थोरै सहायता चाहिन्छ। सफाको अझै बढी ख्याल राख्छौं। भगवानले चाहे दुबै जना हिँड्न थाल्नेछन्।'

शरीर जोडिएका जुम्ल्याह निकै कम हुन्छन्। जोडिएका जुम्ल्याहमध्ये २० मा एक जोडी मात्र टाउकोमा जोडिएका हुन्छन्। उनीहरूलाई 'क्रानियोप्यागस ट्वीन्स' भनिन्छ। टाउको जोडिएका प्राय धेरै लामो समय बाँच्दैनन्।

यी पाकिस्तानी दिदी बहिनीका लागि भने अस्पतालमा सय जना मानिस खटिएका थिए। उनीहरूको कुल खर्च १० लाख डलर भएको थियो। उक्त खर्च पाकिस्तानी व्यवसायी मुर्ताजा लखानीले उठाए।

सफा र मर्वा हाल साढे ३ वर्षका भए। उनीहरूको शरीर चलायामान बनाउन नियमित थेरापी भइरहेको छ। दुवैमा केही कुरा सिक्ने, बुझ्ने क्षमताको विकास भइसकेको छैन।

उनीहरूको परिवार उपचारमा खटिएका सम्पूर्ण प्रति कृतज्ञ छन्। शल्यक्रियाको नेतृत्व गरेकी डाक्टर ओवासे जिलानीले पनि परिवारका लागि खुशी व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell