PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

विश्वप्रकाशको प्रधानमन्त्री ओलीलाई प्रश्न : जनताले कर तिर्दिन भनेँ कसरी धान्ने?



पहिलोपोस्ट

विश्वप्रकाशको प्रधानमन्त्री ओलीलाई प्रश्न : जनताले कर तिर्दिन भनेँ कसरी धान्ने?

काठमाडौं : नेपाली काँग्रेसका प्रवक्ता तथा नेता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रश्न राखेका छन् - 'उपचार गर्दिन' सरकारले भन्दा जवाफमा जनताले 'कर तिर्दिन' भने कसरी धान्ने?

सरकारले कोरोनाको उपचार निशुल्क गर्दै आएकोमा अब त्यसमा परिमार्जन गर्दै आफैँ उपचार गराउन भनेको छ। त्यसको चौतर्फी आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा कर नतिर्न आह्वानसमेत हुन थालेको छ।

'उपचार निशुल्क गर्न घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नुस् कि नो ट्रिटमेन्ट नो ट्याक्सको बुलन्द जनअभियान सामना गर्न तयार भएर बस्नुहोस।'

नेपाकपाकै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि सरकारको कदमको कडा आलोचना गर्दै निशुल्क उपचार जारी राख्न माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell