PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ललितपुरमा ८ वर्षीया बालिका अपहरण : प्रहरीले केही घण्टामा नै गर्‍यो उद्धार, तीन जना समातिए



पहिलोपोस्ट

ललितपुरमा ८ वर्षीया बालिका अपहरण : प्रहरीले केही घण्टामा नै गर्‍यो उद्धार, तीन जना समातिए

काठमाडौं : प्रहरीले अपहरणमा परेकी ८ वर्षीय बालिकाको उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुर अन्तर्गत रहेका डीएसपी मित्रबन्धु शर्माको टोलीले सोमवार राति साढे ७ बजेतिर अपहरणमा परेकी बालिकाको उद्धार गरेको हो।

बारा सिम्रौनगढ नगरपालिका १ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मनकामना चोकस्थित बस्ने गुड्डी साहकी ८ वर्षीय छोरी अपहरणमा परेकी थिइन्। प्रहरीले अपहरणमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको परिसरका डीएसपी सन्तोष तामाङले जानकारी दिए।

प्रहरीले सर्लाही हरिवन नगरपालिका वडा नम्वर ८ बासटोल घर भएका ३० वर्षीय राजु कार्की, काभ्रे नमोबुद्ध नगरपालिका वडा नम्वर ८ का २३ वर्षीय सीता परियार र धनुषा धारपानीका ४० वर्षीय कृष्ण तोलामीलाई नियन्त्रणमा लिएको हो। उनीहरुले बालिका कोठाभन्दा बाहिर खेलिरहेको समयमा लिएर गएको डीएसपी तामाङले बताए।

'उनीहरुले फकाइफुलाई लगेको पाइयो। यसमा थप अनुसन्धान भइरहेको छ,' डीएसपी तामाङले भने।

त्यसपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए। मौखिक उजुरीको आधारमा प्रहरीले राति नै खोजतलासी गर्दा ललितपुर महानगरपालिका वडा नम्वर हरिसिद्धि स्थित सीता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको थियो।

घटनाको मुख्य योजनाकार राजु कार्की भएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell