PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'दिलवाले दुल्हनियाँ ले जाएंगे'को २५ वर्ष, यस्ता छन् फिल्मबारे ५ रोचक तथ्य



पहिलोपोस्ट

'दिलवाले दुल्हनियाँ ले जाएंगे'को २५ वर्ष, यस्ता छन् फिल्मबारे ५ रोचक तथ्य

सन् १९९५ को अक्टोबर २० देखि प्रदर्शनमा आयो फिल्म 'दिलवाले दुल्हनियाँ ले जाएंगे। (डिडिएलजे)' मंगलवार फिल्म प्रदर्शनको २५ औं वर्ष पुगेको छ। उक्त खुशी फिल्मका मुख्य कलाकारहरू शाहरुख खान र काजोलले ट्वीटरमार्फत् साटेका छन्।

उनीहरूले ट्वीटसँगै फोटो पनि फिल्मका पात्रहरूको राखेका छन्। र नाम पनि राज मल्होत्रा र सिम्रन राखेका छन्।

सर्वाधिक लामो समय सिनेमा घरमा देखाइएको फिल्म हो डिडिएलजे। कोरोना भाइरसको महामारी सुरु हुनु र भारतीय सिनेमाघरहरू बन्द हुनुअघिसम्म पनि दर्शक यस फिल्म हेर्न हलसम्म पुगे। मुम्बईस्थित 'मराठा मन्दिर'मा निरन्तर उक्त फिल्मको सो राखिएको हो।


यशराज प्रोडक्सनको यो रोमान्टिक ड्रामालाई आदित्य चोपराले निर्देशन गरेका हुन्। चोपराको यो पहिलो निर्देशन हो।

फिल्ममा कलाकारहरू शाहरुख खान र काजोल केन्द्रीय पात्र हुन्। अन्य कलाकार अनुपम खेर, अमरीस पुरी, फरिदा जलालको पनि अभिनय छ।


दिलवाले दुल्हनियाँ ले जाएंगेंले सन् १९९६ को फिल्म फेयर अवार्डमा उत्कृष्ट फिल्म, उत्कृष्ट नायक, उत्कृष्ट नायिका, उत्कृष्ट निर्देशक सहित १० वटा अवार्ड जितेको थियो।

जान्नुस् डिडिएलजेबारे ५ रोचक तथ्य :

  • यस फिल्मको नायक पात्रको लागि शाहरुखभन्दा पहिले सैफ अलि खानलाई प्रस्ताव गरिएको थियो। तर, सैफले स्वीकार गरेनन् र शाहरुख अनुबन्धित भए। यसै फिल्ममार्फत् शाहरूखको बलिउड यात्राले रफ्तार लिएको बताइन्‍छ।  
  • फिल्मको नाम दिलवाले दुल्हनियाँ ले जाएंगे कलाकार किरण खेरले जुराएकी थिइन्। किरण खेर अनुपम खेरकी श्रीमती हुन्।
  •  फिल्ममा फिल्म करण जोहर पनि पहिलोपटक स्क्रिनमा देखिएका छन्। उनी शाहरुखको साथीको भूमिकामा छन्।
  •  फिल्मको 'मेरे ख्वाबो मेँ जो आए' बोलको गीत आनन्द बक्सीले लेखेका थिए। उक्त गीत आदित्य चोपराले २५ औं पटकमा फाइनल गरेका थिए। अर्को गीत 'मेहन्दी लगाके रखना' डिडिएलजेको लागि लेखिएको थिएन।
  • फिल्ममा शाहरुखको नाम राज हुन्छ। निर्देशक आदित्य चोपराले चर्चित कलाकार राज कपुरबाट प्रभावित भएर त्यो राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell