PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

फुटेको दुई वर्षमा फेरि जुट्दै साझा र विवेकशील : विगतका कमजोरी सच्याउँदै एकता



पहिलोपोस्ट

फुटेको दुई वर्षमा फेरि जुट्दै साझा र विवेकशील : विगतका कमजोरी सच्याउँदै एकता

काठमाडौं : साझा पार्टी र विवेकशील नेपालीले एकिकरण गर्ने निर्णय गरेका छन्। दुबै पार्टीले एकताका लागि भएको वार्ताको निष्कर्ष सहितको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो। आज विज्ञप्ति जारी गर्दै प्रतिवेदन केन्द्रीय कमिटीमा पेश भइसकेको र अब एकता प्रक्रिया सुरु हुने उल्लेख गरिएको छ।

आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आ-आफ्नो पार्टीको संघिय/केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गरेको जनाएको छ।

असार ३१ गतेदेखि एकता वार्ता सुरु भएको थियो। विगतमा भएका कमजोरीला स्वीकार्दै पार्टी एकताको निष्कर्षमा पुगेको विज्ञप्तिमा उल्लेख छ।

'विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए,' विज्ञप्तिमा भनिएको छ।

प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय/सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउने जनाइएको छ।

विवेकशील साझा फुटेको झन्डै दुई वर्षमा पार्टी एकिकरण हुने भएको हो। २०७५ पुष २७ मा विवेकशील र साझा अलग अलग भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell