PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुर्खेतमा कोभिड १९ सङ्क्रमित थप एक महिलाको मृत्यु



पहिलोपोस्ट

सुर्खेतमा कोभिड १९ सङ्क्रमित थप एक महिलाको मृत्यु

सुर्खेतः सुर्खेतमा कोभिड १९ सङ्क्रमण भएका थप एक जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का ८६ वर्षीय महिलाको मङ्गलवार दिउँसो १ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

जनस्वास्थ्य सेवा कार्यालयको समन्वय र नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिरहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

ज्वरो र खोकीको लक्षण देखिएको उनलाई असोज ३० गते बेलुका पाँच बेज प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

कार्तिक १ गते बिहान सात ३० बजे पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी प्रदेश अस्तपताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो। रिपोर्ट पोजेटिभ आएसँगै उनलाई कोरोना विशेष उपचार कक्षमा राखिएको थियो।

महाशाखाका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell