PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मन्त्रिपरिषदको बैठक बस्दै, कोभिड-१९ का संक्रमितको उपचार नगर्ने निर्णयबारे के पुनर्विचार होला?



पहिलोपोस्ट

मन्त्रिपरिषदको बैठक बस्दै, कोभिड-१९ का संक्रमितको उपचार नगर्ने निर्णयबारे के पुनर्विचार होला?

काठमाडौं : मन्त्रिपरिषदको बैठक ४ बजे सुरु हुँदैछ। बैठक बालुवाटारमा बस्न तयारी भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

'बैठक सुरु हुँदैछ। बैठकमा संक्रमितको उपचारबारे भएको निर्णय हुनेबारे अहिले नै केही भन्न मिल्दैन,' उनले भने।

मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो। कोभिड-१९ का सबै संक्रमितको उपचार सरकारले नगर्ने निर्णयको चर्को आलोचना भइरहेको छ। यसबारेमा आजको मन्त्रिपरिषद बैठकमा केही निर्णय हुनसक्ने बताइएको छ। तर, थापाले भने यसमा सरकारको धारणा स्पष्ट रहेको बताए।

उनले सबैको उपचारको जिम्मा सरकारले नलिने निर्णय प्रष्ट नै रहेको बताए। यस बारेमा केही निर्णय आवश्यक नपर्ने उनको भनाई छ।

'के चाहियो। यसमा त प्रष्टै छ नि। उपचार गर्न नसक्नेको मात्रै सरकारले उपचार गर्छ,' उनले भने। संक्रमणको सुरुवातमा पीसीआर, उपचार लगायतका जिम्मा सरकारले लिएको भए पनि पछिल्ला दिनमा भने सरकारले जिम्मेवारी नलिने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell