PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शाहरुखले सम्झिए गर्लफ्रेण्डको विषयमा दिल्लीमा कुटाई खाएको क्षण



पहिलोपोस्ट

शाहरुखले सम्झिए गर्लफ्रेण्डको विषयमा दिल्लीमा कुटाई खाएको क्षण

बलिउड बादशाह शाहरुख खानले गर्लफ्रेण्डसँग डेटिङ जाँदा कुटाई खाएको घटना स्मरण गरेका छन्।

कपिल शर्माको च्याट शोमा शाहरुखले गर्लफ्रेण्डका कारण दिल्लीमा आफू कुटिएको खुलासा गरे। शाहरुखले बताएअनुसार उनी एकपटक दिल्लीमा एक युवतीसँग डेट गरिरहेका थिए। त्यसैक्रममा युवतीलाई आफ्नी गर्लफ्रेण्ड भनेर चिनाउँदा केही युवाहरुले उनीमाथि कुटपिट गरेका थिए। शाहरुखले यो पनि बताए कि ती युवाहरुले शाहरुखकी ती युवती गर्लफ्रेण्ड नभई उनकी भाउजु हो भन्न लगाएका थिए।

यो घटना स्मरण गर्दै शाहरुखले यो पनि बताए कि उनी पत्नी गौरीसँग दिल्ली जाँदा आज पनि कसैले सोध्यो पनि मेरो भाउजु भनेर चिनाउने गरेका छन्।

शाहरुख खान अब राजकुमार हिरानीको आगामी फिल्ममा देखिने चर्चा छ। पछिल्लो पटक शाहरुख 'जिरो' फिल्ममा कट्रिना कैफ र अनुष्का शर्मासँग पर्दामा देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell