PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पछिल्लो २४ घण्टामा ३०९३ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्र ५५ प्रतिशत संक्रमित पहिचान



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा ३०९३ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्र ५५ प्रतिशत संक्रमित पहिचान

काठमाडौं:  पछिल्लो २४ घण्टामा थप तीन हजार ९३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएकोछ। देशभरका प्रयोगशालामा भएको १३ हजार ८६१ जनाको परीक्षण गर्दा औषतमा ४.४८ जना मध्ये एक जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये ५५ प्रतिशत संक्रमित उपत्यकामा मात्र पहिचान भएका छन्। काठमाडौं उपत्यकामा एक हजार ७०२ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौं जिल्लामा मात्र एक हजार ४३१ जना, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा एक लाख ३९ हजार १२९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये ९६ हजार ६०९ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा मात्र दुई हजार १०८जना संक्रमण मुक्त भएको गौतमले जानकारी दिए। योसँगै नेपालमा हाल ४१ हजार ७७५ कोभिड-१९ का सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

यसैबीच पछिल्लो २४ घण्टामा ८ जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ७६५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell