PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

दशैंका खसीबोका : बजारभन्दा सस्तो भएपछि खाद्य कम्पनीमा उपभोक्ताको भीड

दशैंका खसीबोका : बजारभन्दा सस्तो भएपछि खाद्य कम्पनीमा उपभोक्ताको भीड

पहिलोपोस्ट /पहिलोपोस्ट


बजारभन्दा सस्तोमा किन्न पाइने भएपछि सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली बिक्री केन्द्रमा खसीबोका किन्नेको भीड लागेको छ।

बजारभन्दा एक सय रुपैयाँ सस्तो मूल्यमा पाउने भएपछि बिक्री केन्द्रमा उपभोक्ताको भीड लागेको हो। धेरै भीड भएपछि कर्मचारीलाई व्यवस्थापनमै समस्या परेको छ। 

कम्पनीले उपभोक्तालाई छुटसहित सहुलियतमा उपलब्ध गराउन जिउँदो खसीबोका प्रतिकेजी ५५० रुपैयाँ मूल्य राखेको छ। कम्पनीले खसीबोका हेटौंडा र दाङको तुल्सीपुरबाट ल्याएको हो। बजारमा अभाव र उपभोक्ताको माग आए थप परिमाणमा खसी बोका ल्याउने कम्पनीले जनाएको छ।

चीनबाट आयात नहुँदा स्वदेशी खरिदमै महंगो पर्ने भन्दै यसपटक कम्पनीले भेडा-च्याङ्ग्रा भने ल्याएन।



ट्रेन्डिङ पोस्ट

Ncell