PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कैलालीको प्रहरी हत्या प्रकरणका सात अभियुक्त सार्वजनिक



एम बम

कैलालीको प्रहरी हत्या प्रकरणका सात अभियुक्त सार्वजनिक

कैलाली : कैलालीमा प्रहरी हत्या प्रकरणमा संलग्न सात अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। धनगढी १२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान राम बहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न मुख्य नाइकेसहित केही व्यक्ति अझै फरार रहेको जनाएको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का राम निवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने राम गोपाल राना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell